रुकुमकोट । नेपाल रेडक्रस सोसाइटी रुकुम पूर्व शाखाको सभापतिमा दामोदर गौतम निर्वाचित हुनुभएको छ ।
रुकुमकोटमा बुधबार सम्पन्न भएको तेस्रो साधारणसभा तथा दोस्रो जिल्ला सभाबाट गौतम सभापतिमा निर्वाचित हुनुभएको हो ।
यस्तै शाखाको उपसभापतिमा लोकेन्द्र बहादुर बुढाथोकी (खुलातर्फ) र ओमकुमारी शाही (महिलातर्फ) र मन्त्रीमा बसन्त पुन चयन हुनुभएको छ । त्यसैगरी कोषाध्यक्षमा बामदेव गौतम, उपमन्त्रीमा कमानसिंह खत्री र उप कोषाध्यक्षमा सत्यबहादुर श्रेष्ठ चयन हुनुभएको छ ।
जिल्ला शाखाको सदस्यहरुमा शिल्पा पौडैल, ज्ञानी ओली, नमिता पुन, बासदेव गौतम, मानबहादुर बस्नेत, ऋषिराम शर्मा, मोहनबहादुर केसी, भिमबहादुर खड्का, चित्रबहादुर बिष्ट र टेकप्रसाद समाल चयन हुनुभएको छ ।