कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास सचिव भट्टको विदाई

कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास सचिव भट्टको विदाई

सुर्खेत । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका प्रदेश सचिव इन्द्र देव भट्टको आज एक कार्यक्रमका बीच विदाई गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशमा सरुवा भएपछि सचिव भट्टलाई आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको हो ।

विदाई कार्यक्रममा जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढाले सचिव भट्टलाई माला, अविर र मायाको चिनो प्रदान गरेर विदाई गर्नुभएको मन्त्रालयका प्रवक्ता सिनियर डिभिजनल इन्जिनियर पदमराज देवकोटाले जानकारी दिनुभयो ।

विदाई कार्यक्रममा बोल्दै मन्त्री बुढाले सचिव भट्टको कार्यसम्पादनले मन्त्रालय र मातहतको काम प्रभावकारी रुपमा अगाडि बढाउन ठूलो टेवा पुगेको बताउनुभयो। उहाँले सचिव भट्टको इमान्दारिता, कार्यशैली र दूरदर्शिताको प्रशंसा गर्दै आगामी कार्यक्षेत्रमा सफलता र उन्नतिको शुभकामना व्यक्त गर्नुभयो ।

बिदाई कार्यक्रमलाई सम्वोधन गर्दै  सचिव भट्टले कर्णाली प्रदेशमा काम गर्ने अवसर पाउनु आफैँमा गर्वको विषय रहेको बताउँदै यस अवधिमा प्राप्त साथ, सहयोग र सम्मानप्रति आभार प्रकट गर्नुभयो। साथै, उहाँले आगामी दिनमा पनि प्रदेश विकासमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सचिव भट्ट २०८१ साल कात्तिक २५ गते मन्त्रालयमा पदस्थापन हुनु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार