मुसिकोट । रुकुम पश्चिमका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेश प्रसाद थानीले पदबहाली गरेका छन् । गृह मन्त्रालयमा कार्यरत रहँदै आएका थानी हालैको प्रजिअ सरुवाको क्रममा रुकुम पश्चिम सरुवा भएका हुन्।
पदबहालीपछि सोमबार बसेको सुरक्षा समितिको बैठक तथा कार्यालयका कर्मचारीहरूसँगको छलफलमा प्रजिअ थानीले कानुन विपरीत कुनै कार्य नगर्ने स्पष्ट प्रतिवद्धता व्यक्त गरेका छन्। उनले जिल्लाभित्र शान्ति–सुरक्षा कायम गर्ने, विकास–निर्माणमा सहजीकरण गर्ने, भ्रष्टाचार न्यूनीकरणतर्फ ध्यान दिने र सेवा प्रवाहलाई सरल तथा सहज बनाउने दिशामा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले जिल्लाको समुचित व्यवस्थापन तथा सेवा प्रवाहमा रचनात्मक सुझाव, सल्लाह र मार्गदर्शनको समेत अपेक्षा व्यक्त गरेका छन्।