लेकवेशीमा बँदेललाई थापेको पासोमा पाटेबाघ परेपछि

लेकवेशीमा बँदेललाई थापेको पासोमा पाटेबाघ परेपछि

काठमाडौँ । सुर्खेतमा एक जना स्थानीयले जंगली बँदेलका लागि थापेको पासोमा पाटेबाघ परेको छ।

जिल्लाको लेकवेशी नगरपालिका–७ लमनागाँउदेखि एक सय मिटर टाढा जंगलमा बदेललाई थापेको पासोमा पाटे बाघ परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय लेकबेशीबाट प्रहरी नायब निरीक्षक मनिष गुरूङको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ।

बिहान ११ बजेपछि बँदेलका लागि थापिएको पासोमा पाटेबाघ परेको खबर स्थानीयले प्रहरीलाई दिएका थिए।

प्रहरीले निकुञ्ज र बन सँग समन्वय गरेर बाघ पठाउने तयारी गरिरहेको जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार