समाजसेवी राजु केसीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

समाजसेवी राजु केसीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मुसिकोट । नेपाल विद्यार्थी संघ रुकुम पश्चिमको समन्वयमा जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

मुसिकोट नगरपालिका निवासी नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी राजु केसीले सोमबार जिल्लाको सानीभेरी गाउँपालिकाका तीन सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई कपी, कलम, पेन्सिल, इरेजर, रिफिल लगायतका शैक्षिक सामग्री वितरण गर्नुभएको हो।

सानीभेरी गाउँपालिकाभित्र रहेका ११ वटा सामुदायिक विद्यालयहरूमध्ये पहिलो दिन जनप्रिय मावि हासिबाङ, ज्ञानोदय नमूना मावि सिम्ली र जनज्योती माविमा शैक्षिक सामग्री वितरण गरिएको हो। बाँकी ८ विद्यालयमा पनि क्रमशः वितरण गरिने समाजसेवी केसीले जानकारी दिनुभयो।

बालबालिका भविष्यका कर्णधार भएका र थोरै भए पनि उनीहरुको पढाइमा सहयोग पुर्‍याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको केसीले बताउनुभयो । यसअघि पनि उहाँले बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिसक्नुभएको छ।

आजको कार्यक्रम नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओली, कर्णाली प्रदेश समिति सदस्य रिपबहादुर ओली, पार्टी जिल्ला सचिव परमेश्वर भण्डारी, कांग्रेसका युवा नेता तथा समाजसेवी राजु केसी, नेपाली कांग्रेस रुकुम पश्चिमका प्रवक्ता लालबहादुर ओली लगायतको उपस्थिति रहेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार