सुर्खेत । कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले लेखा समूहका कर्मचारीहरूको सरुवा गरेको छ। मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णयमार्फत लेखा समूहअन्तर्गतका ५७ जना कर्मचारीको सरुवा गरेको हो ।
सरुवा गरिएकाहरूमा लेखा सहायक, वरिष्ठ लेखा सहायक, लेखा अधिकृत, वरिष्ठ लेखा अधिकृत र प्रमुख लेखा अधिकृत सम्मका कर्मचारीहरू छन् । ती कर्मचारीहरूलाई प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा कार्यालयहरूमा पठाइएको मन्त्रालयले जनाएको छ ।
हेर्नुस् सरुवा भएका कर्मचारीको सूची :