सर्वोच्च अदालतले स्थगित गर्‍यो नियमित पेसी

सर्वोच्च अदालतले स्थगित गर्‍यो नियमित पेसी

काठमाडौं । सर्वोच्च अदालतले नियमित पेसी स्थगित गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरबाट मंगलबार कर्फ्यू आदेश जारी गरेको छ।

सोही कारण कानुन व्यवसायीहरूको असहजतालाई ध्यानमा राख्दै नियमित पेसी स्थगित गरिएको हो।

बन्दी प्रत्यक्षीकरणको निवेदन र पुरकबाट पेस हुने जरूरी प्रकृतिका निवेदनबाहेक अन्य सबै स्थगित हुने सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ।

सोमबार काठमाडौंसहित देशका विभिन्न स्थानमा भएको जेनजी पुस्ताको आन्दोलनपछि प्रशासनले ठाउँठाउँमा कर्फ्यू जारी गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार