सर्जक निखिल खड्काको दशैं तिहार गीत सार्वजनिक (भिडियोसहित)

सर्जक निखिल खड्काको दशैं तिहार गीत सार्वजनिक (भिडियोसहित)

मुसिकोट । सर्जक निखिल खड्काको प्रस्तुति दशैं तिहारको गीत सार्वजनिक गरिएको छ । दशैं तिहार र परदेशीलाई लक्षित गरी तयार गरिएको गीत राजा क्रिएसन घर युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

दशैं तिहारको, म त प्रदेश ए मेरी पियारी न त टुङ्गो भयो पीआरको गीत भिडियो सहित सार्वजनिक गरिएको छ । पछिल्लो समय अमेरिकी मुलुक र युरोपियन देशमा जानेको लहर बढीरहेको बेला पिआरलाई जोडेर गीत निर्माण गरिएको बताइएको छ ।

धन कमाउने आश राखेर आफ्नी पियारीलाई गाउँमै छाडेर पिआररको सपनामा प्रदेशमा दुःख भोग्नुपरेको पीडा यो गीतको शब्दमा चित्रण गरिएको छ ।

अर्कोतिर गाउँमा भएको पियारीले आफ्नो पियाराले पिआर पाउने कुरामा विश्वास गरिएको छ । यिनै शब्द सँगै माया प्रेम र सुख दुःखका भावलाई दशैं तिहारसँग जोडेर परदेशी र घरदेशी बीचको सम्बन्धलाई स्थापित गराउन खोजिएको छ ।

यस गीतमा निखिल खड्काको शब्द, अमरराज पुनको लय तथा विष्णु खत्री र दीपिका बएम्बुको सुमधुर आवाज रहेको छ ।
आज क्रिएसन घर युट्युब च्यानलबाट रिलिज भएको गीतमा जय देवकोटा र रिना गुरुङले अभिनय गर्नुभएको छ ।

प्रविण थापाको निर्देशन र सरोज शाहीको छायाङ्कन रहेको गीतमा भिडियो सम्पादन अनिल राणाको रहेको छ ।

पश्चिम नेपालको रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट, सल्यान दाङ लगायत नेपालका विभिन्न जिल्लाबाट लाखौँ रकम खर्चेर धेरै युवाहरू अमेरिकी मुलुकमा गएका छन् ।

तर हाल विभिन्न कारण अमेरिकाबाट डिपोर्ट हुनेको संख्या बढिरहेका बेला पिआरलाई जोडेर यो गीत सार्वजनिक गरिएको यस गीतका संगीतकार अमरराज पुनले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार