सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सेवा बन्द

सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सेवा बन्द

काठमाडौं । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सेवा बन्द हुने सूचना जारी गरेको छ । मुख्य रजिस्ट्रार विमल पौडेलले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

भदौ २४ गते दर्शनकारीको आगजनी, तोडफोड र लुटपाटका कारण अदालतका भौतिक संरचनामा क्षति पुगेको भन्दै सर्वोच्चले यस्तो आग्रह गरेको हो ।

सर्वोच्च अदालतले नियमित सेवाको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद हदम्याद र तारेख नगुज्रने भन्दै त्यसको ३० दिनभित्र अदालत आउन अनुरोध गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार