रुकुम पूर्वमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

रुकुम पूर्वमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

रुकुमकोट । रुकुम पूर्वमा सुपथ मूल्य पसल सञ्चालनमा सञ्चालनमा ल्याएको छ। दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी रुकुमकोटमा खाद्यको सुपथ मूल्य पसल सञ्चालन गरिएको हो ।

सोमबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रुकुम पूर्वले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

दसैँ, तिहार, छठ जस्ता ठुला चाडहरूमा सुपथ मूल्यमा चामल उपलब्ध गराउने र बजारमा हुने कालोबजारीको मारबाट उपभोक्तालाई बचाउन सुपथ मूल्य पसल सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रुकुम पूर्वका प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

सुपथ मूल्य पसलबाट चामल साबिकको तुलनामा प्रतिकिलो ५ रुपैयाँ छुटमा बिक्री भइरहेको छ । स्टिम जिरा मसिनो, अरुवा सोना मन्सुरी, तथा अरुवा मोटो चामल र चिनी बिक्री भइरहेको कार्यालय प्रमुख खड्काले बताउनुभयो ।

यस्तै स्टिम जिरा मसिनो चामलको मूल्य प्रतिकेजी ८५, अरुवा सोना मन्सुरी चामल ९५ र अरुवा मोटो चामल प्रतिकेजी ५७ रुपैयाँ तथा चिनी प्रतिकेजी १ सय रुपैयाँमा बिक्री भइरहेको कार्यालयले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार