संविधान दिवसको अवसरमा पत्रकार महासंघ रुकुम पश्चिमद्वारा रक्तदान

संविधान दिवसको अवसरमा पत्रकार महासंघ रुकुम पश्चिमद्वारा रक्तदान

मुसिकोट । नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले संविधान दिवस २०८२ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

महासंघले नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

जिल्ला अस्पताल सल्लेमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ४ जनाले ४ पिन्ट रक्तदान गर्नुभएको नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपालप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार केही व्यक्तिलाई भने सम्पर्कमा राखिएको छ ।

रगतको अभावमा कसैको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

महासंघ अध्यक्ष गोपालप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख देवबहादुर विक, प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी, सुरक्षा निकाय, रेडक्रसकर्मी, स्वास्थ्यकर्मी, पत्रकार लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी चौरजहारी उपशाखा सभापति तेजबहादुर बटालाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन रेडक्रस रुकुम पश्चिमका मन्त्री यज्ञबहादुर खत्रीले गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा रक्तदान गर्ने रक्तदाता र प्राविधिक सहयोग गर्ने स्वास्थ्यकर्मीहरुलाई महासंघको तर्फबाट सम्मान पत्र प्रदान गरिएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार