काठमाडौँ । अन्तरिम सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रमुखमा रूपमा सरूवा गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो।
हाल केसी प्रदेश समन्वय विभागमा कार्यरत छन्।
गत वैशाख ४ गते ६ जनाको बढुवा सिफारिस सूचीमा उनको नाम पनि सिफारिस भएको थियो।
पहिलो नम्बरमा चन्द्रकुँबेर खापुङ, दोस्रोमा लालमणि आचार्य, तेस्रोमा कृष्णहरि शर्मा पोखरेल, चौथोमा दानबहादुर कार्की, पाँचौंमा राजन अधिकारी र छैटौंमा मनोज केसी बढुवा सिफारिसमा परेका थिए।
खापुङ हाल प्रहरी महानिरीक्षक छन्। आचार्य र पोखरेल अवकाशमा गइसकेका छन्। उनीहरू २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक भएर सेवामा प्रवेश गरेका थिए।
कार्की, अधिकारी र केसी भने २०५४ चैत १८ गते प्रहरी सेवामा प्रवेश गरेका थिए।