राजु केसीद्वारा सात हजार आठ सय विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

राजु केसीद्वारा सात हजार आठ सय विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

मुसिकोट । नेपाल विद्यार्थी सघ (नेविसंघ) रुकुम पश्चिमको समन्वयमा जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

जिल्लाकाे मुसिकोट नगरपालिका वडा नम्बर १ निवासी नेपाली काङ्ग्रेसका युवा नेता तथा समाजसेवी राजु केसीले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई कापी, कलम, पेन्सिल, इरेजर, रिफिललगायत शैक्षिक सामग्री वितरण गर्नुभएको हो।

समाजसेवी तथा युवा व्यवसायी केसीको सहयोग र व्यवस्थापनमा अहिलेसम्म जिल्लाका ९१ सामुदायिक विद्यालयका ७,७९१ विद्यार्थीलाई २९,३९७ कापी, ७,७९१ कलम र रिफिल लगायतका शैक्षिक सामग्रीहरु वितरण गरिएको छ।

केसीले सहज र सरल शिक्षाप्राप्तिमा शैक्षिक सामग्रीको अभावले हुने कठिनाइ हटाउन आफूले सक्दो सहयोग गरेको बताउनुभयो। बाँकी विद्यालयमा पनि पुगेर सामग्री वितरण गरिने उहाँले जानकारी दिनुभयो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार