काठमाडौँ । नेपाली काँग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय सानेमा दिउसो १ बजेबाट बैठक सुरु हुनेछ ।
उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजोदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा सहभागीहरूले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बस्न लागेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
उनका अनुसार, बिहीबारको बैठकमा पछिल्लो समसामयिक विषयबारे धारणा राखिएको छ ।
यस्तै, आगामी २६ गते केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबारे पनि आज छलफल गरिएको छ ।