मुसिकोटमा प्लास्टिकका माला प्रतिबन्ध

मुसिकोटमा प्लास्टिकका माला प्रतिबन्ध

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले प्लास्टिकजन्य फूलका मालाको प्रयोग र बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

नगरपालिकाको ५४औं बैठकले उक्त निर्णय गर्दै प्लास्टिकजन्य फूलका माला तथा यस किसिमका वस्तुहरू अब नगर क्षेत्रमा प्रयोग, बिक्री वा वितरण गर्न नपाइने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रकाश गिरीले जानकारी दिनुभयो ।

गिरीका अनुसार नगर कार्यपालिकाको निर्णय विपरीत प्लास्टिकजन्य फूलका माला बिक्री वा वितरण गरेको पाइएमा सम्बन्धित व्यक्तिलाई नियम अनुसार कारबाही गरिनेछ।

नगरपालिकाले स्थानीय नागरिक, व्यवसायी र सरोकारवालाहरूलाई यस निर्णयको पूर्ण पालना गर्न आग्रह गरेको छ। नगरपालिकाले वातावरणीय संरक्षण र स्वच्छ शहर निर्माणका लागि यो कदम चालेको जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार