काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
शनिवार काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत शाखा अधिकृत पदको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी) प्रशासन/लेखापरीक्षण/संघीय संसद सेवा, सामान्य प्रशासन/लेखा/राजस्व समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।