सेनाको दाबी: जेन–जीआन्दोलनमा मारिने २२ जना मात्रै प्रदर्शनकारी, ४१ जना अन्य

सेनाको दाबी: जेन–जीआन्दोलनमा मारिने २२ जना मात्रै प्रदर्शनकारी, ४१ जना अन्य

काठमाडौँ। नेपाली सेनाले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना मात्रै प्रदर्शनकारी रहेको जनाएको छ।

सेनाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले प्रस्तुत गरेका तथ्यांक अनुसार, मृत्यु हुनेमध्ये २२ जना प्रदर्शनकारी, ३ प्रहरी, १० कैदी र अन्य ४१ जना रहेका छन्।

सेनाले प्रस्तुत गरेको प्रतिवेदन अनुसार देशभर ४८४ स्थानमा आन्दोलन भएको थियो।

उक्त अवधिमा १५५८८ जना कैदी बन्दी फरार भएका र ८७९९ जना पक्राउ गरिएको तथा फिर्ता भएका छन् ।

त्यस्तै, ९७८ जना हातहतियार लुटिएकोमा ५८६ बरामद तथा फिर्ता बुझाएको पनि सेनाको तथ्यांकमा उल्लेख छ ।

भौतिक क्षतिका हिसाबले ६८८ सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका कार्यालय र ३०७ प्रहरी कार्यालय तोडफोड वा आगजनीमा परेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार