मुग्लुखोलामा डुबेर १९ वर्षीय युवाको मृत्यु

मुग्लुखोलामा डुबेर १९ वर्षीय युवाको मृत्यु

Oplus_16908288

मुसिकाेट । रुकुम पश्चिमकाे मुसिकोट नगरपालिका–४ सोलाबाङका एक युवाको मुग्लुखोलामा डुबेर मृत्यु भएको छ।

स्थानीय कपिलदेव शर्माका १९ वर्षीय छोरा केदार शर्माको बुधबार बेलुका डुबेर मृत्यु भएको हो। मुसिकोट–४ कै मुग्लुखोलामा पौडी खेल्ने क्रममा  डुबेकाे उनका आफन्त सूर्यप्रकाश शर्माले दिनुभयो।

उहाँका अनुसार केदार घरका एक मात्र छोरा हुन्। कक्षा १२ मा अध्ययनरत उनी तिहार मनाउन काठमाडौंबाट गाउँ आएका थिए। उनका तीन दिदीबहिनीहरू छन्।

शर्माको शव जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टम गरी घरमा ल्याइएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार