मुसिकाेट । नेकपा (एकिकृत समाजवादी) रुकुम पश्चिमका जिल्ला उपाध्यक्ष दिपकराज खड्काको निधन भएको छ ।
मुसिकाेट नगरपालिका वडा नम्बर ४ साेलाबाङ निवासी ४७ वर्षीय खड्काको उपचारको क्रममा काठमाडौँस्थित गङ्गालाल हृदय केन्द्रमा बुधवार बेलुकी निधन भएको हो ।
जिल्ला उपाध्यक्षको निधनले पार्टी र रुकुमेली वाम आन्दोलनलाई अपुरणीय क्षति पुगेको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य विमलकुमार पुनले जानकारी दिनुभयो । उहाँका अनुसार खड्कालाई सोमबार काठमाडौँ पुर्याएर गङ्गालाल हृदय केन्द्रमा उपचार सुरु गरिएकाे थियोे ।
मृतक खड्का जिल्ला अस्पताल विकास समिति रुकुम पश्चिमको सदस्य समेत हुनुहुन्थ्यो ।
विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत आवद्ध खड्का रुकुमका एक असल पर्यटनकर्मी, व्यवसायी समेत हुनुहुन्थ्यो ।