शोकमा डुब्यो सोलाबाङ

शोकमा डुब्यो सोलाबाङ

Oplus_16908288

मुसिकोट । भोली वर्षदिनमा आउने तिहारको विशेष दिन भाईटिका । दिदी–भाईबीचको विशेष वर्षको भाईटिकाको अघिल्लो दिन, रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ सोलाबाङमा दुःखद घटना घटेको छ ।

बुधवार साँझ एउटै वडाका दुई जनाको निधन भएपछि गाउँभरि स्तब्धता छाएको छ ।

नेकपा (एकीकृत समाजवादी) रुकुम पश्चिमका जिल्ला उपाध्यक्ष तथा जिल्ला अस्पताल विकास समितिका सदस्य दिपकराज खड्काको उपचारका क्रममा काठमाडौंस्थित गंगालाल हृदय केन्द्रमा निधन भएको हो । ४७ वर्षीय खड्काको सोमबारदेखि उपचार चलिरहेको भए पनि बुधवार बेलुकी उहाँको निधन भएको हो ।

खड्का नेकपा (एस) का सक्रिय नेता मात्र होइन, रुकुमका एक असल पर्यटनकर्मी, व्यवसायी र सामाजिक अभियन्ता पनि हुनुहुन्थ्यो । उहाँको निधनले पार्टी र रुकुमेली वाम आन्दोलनलाई अपूरणीय क्षति पुगेको पार्टीका केन्द्रीय सदस्य विमलकुमार पुनले बताउनुभयो ।

उता सोही वडाका १९ वर्षीय केदार शर्माको बुधवार बेलुकी मुग्लुखोलामा डुबेर मृत्यु भएको छ । स्थानीय कपिलदेव शर्माका एक्ला छोरा केदार कक्षा १२ मा अध्ययनरत थिए र तिहार मनाउन काठमाडौंबाट घर आएका थिए । पौडी खेल्ने क्रममा डुबेका केदारको शव जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टमपछि घर ल्याइएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार