रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ७ जनाकाे मृत्यु

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ७ जनाकाे मृत्यु

मुसिकाेट । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको  मृत्यु भएको छ । जिल्लाकाे बाँफिकोट गाउँपालिका वडा नम्बर  ७ झारमारे नजिकै बुराउसेनीमा रा १ ज ४२२ नम्बरको जीप शुक्रबार बेलुका जीप दुर्घटना हुँदा ७ जनाकाे मृत्यु भएको हाे ।  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार मृतक सात जना मध्य छ जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा आठबिसकोट नगरपालिका २ स्याला गाउँकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ बर्षीय टेकजंग बुढा, बर्षीया दिलमाया बुढा, १७ बर्षीया मनिका ओली, १८ वर्षीया सर्मिला वि.क.र २२ वर्षीया गोपाल ओली रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार एक जनाको पहिचान खुलेको छैन ।

दुर्घटनामा १० जना घाईते भएका छन् । चालक टोपजंग बुढासहित ६ जनाको अवस्था गम्भिर रहेको छ । घाईतेहरुको उद्धार गरेर स्थानीय मेडिकल र जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेकाे छ ।

शुक्रबार बेलुका जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै जिप

दुर्घटना भएको हाे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार