काठमाडौं । नेकपा एमालेले पार्टी पङ्क्तिलाई संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि मैदानमा उतार्ने निर्णय गरेको छ ।
आज बसेको सचिवालय बैठकले जनपरिचालन गर्ने निर्णय गरेको जानकारीसहित उपमहासचिव प्रदीप ज्ञवालीले कार्यतालिका पनि सार्वजनिक गरे ।
उनका अनुसार कात्तिक २२ गते देशभरका ६ हजार ७४३ वटै वडामा जनभेला हुनेछ । २५ गते पालिकास्तरीय जनप्रदर्शन र २९ गते जिल्लास्तरीय जनसभा गरिने भएको छ ।
काठमाडौं उपत्यकाको हकमा मङ्सिर ६ गते जनप्रदर्शनसहित जनसभा गर्ने एमालेको निर्णय छ । एमालेको जनपरिचालन संसद् पुनर्स्थापनाको मुद्दामा केन्द्रित हुनेछ ।

