रुकुमकोट । रुकुम पूर्वमा शनिबार बेलुका अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्लाको भुमे गाउँपालिका वडा नम्बर १ स्यावालमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार स्यावालस्थित मध्यपहाडी राजमार्ग सडकखण्डमा लुकुमबाट ब्राहतालतर्फ जादै गरेको रा १ ह ६७९७ नम्बरको अटो दुर्घटना दुर्घटना हुँदा भुमे गाउँपालिका १ लुकुमकी ३० वर्षीया रेजिना घर्ती र सोहि वडाकी २५ वर्षीया फिसोल्टी घर्तीको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परेर चार जना घाइते भएका छन । घाइते हुनेमा लुकुमकै २६ वर्षीया प्रतीक्षा बुढा, उहाँको ११ महिनाको छोरा सुभम बुढा, २५ वर्षीया ब्युटी पुन र लुकुमकै ३ वर्षीय का सक्षम घर्ती रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको छ ।
अटो अनियन्त्रित भइ सडकदेखि तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

