मुसिकोटमा कात्तिक १८ र १९ गते सार्वजनिक बिदा

मुसिकोटमा कात्तिक १८ र १९ गते सार्वजनिक बिदा

मुसिकाेट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिईएको छ । मुसिकाेट नगरपालिकाको वडा नम्वर ५ थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिर परिसरमा लाग्ने डिग्रे मेलाको अवसरमा नगरपालिकाले कात्तिक १८ र १९ गतेका दिन सार्वजनिक बिदा दिएको हो ।

प्रशिद्ध धार्मिक तिर्थस्थलमा कार्तिक शुक्ल पूर्णिमाको दिन लाग्ने मेलाको अवसरमा नगर क्षेत्रमा बिदा दिने निर्णय भएको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो ।

नगर प्रमुख केसीका अनुसार मेलाको अवसरमा नगरपालिकाका १४ वटै वडा कार्यालय, नगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु लगायतका सम्पूर्ण कार्यालयहरुलाई बिदा दिने निर्णय भएको छ ।

हरेक वर्ष हरिबोधिनी एकादशी देखि सुरु भएको मेला कार्तिक पूर्णिमाको दिनसम्म लाग्ने गर्दछ । यो वर्ष कात्तिक १९ गते मुख्य मेला परेको छ । यो मन्दिरमा वर्षैभर पूजाआजा र बलि चढाउने भए पनि मेलाको अवधिमा विशेष तरिकाले पूजाआजा हुन्छ भने बलि चढाउनेको सख्या पनि धेरै हुन्छ । एकादशीदेखि चतुर्दशीसम्म विशेष पूजाआजा हुने र पूर्णिमाको दिन भव्य मेला लाग्ने गर्दछ ।

यस मन्दिरमा दर्शन तथा पूजाआजा गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ । यो मेला परापूर्व काल देखि नै लाग्दै आएको छ । डिग्रे मेला कर्णाली प्रदेशकै ठुलो धार्मिक मेला हो । यस मन्दिरमा रुकुम पश्चिमसँगै छिमेकी जिल्ला रुकुमपूर्व, जाजरकोट, सल्यान, रोल्पा, दाङ, सुर्खेतसँगै अन्य जिल्लाका भक्तजनहरू पनि मेला भर्न तथा दर्शनका लागि आउने गर्दछन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार