नेपाली सेनाको एक दिने स्वास्थ्य शिविरबाट ३०४ जनालाई सेवा

नेपाली सेनाको एक दिने स्वास्थ्य शिविरबाट ३०४ जनालाई सेवा

मुसिकाेट । रुकुम पश्चिमको चौरजहारीमा भएको एक दिने स्वास्थ्य शिविरबाट ३०४ जनाले सेवा लिएका छन् । बिहिबार नेपाली सेनाको चण्डीदल गणले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य परिक्षण शिविरबाट ग्रामीण क्षेत्रका सर्वसाधारणहरुले सेवा लिएका हुन् ।

चौरजहारी नगरपालिका वडा नम्बर २ मा भएको एक दिने शिविरबाट ३०४ जनाको स्वास्थ्य परिक्षण, परामर्श सेवाका साथै निःशुल्क औषधि वितरण गरिएको नपाली सेनाले जनाएको छ । चण्डीदल गणले श्री नं. १९ फिल्ड एम्बुलेन्स गुल्मको समन्वय तथा चौरजहारी नगरपालिका, जिल्ला अस्पताल रुकुम पश्चिम र साझा मुराल अस्पताल रुकुम पश्चिमको सहयोगमा शिविर सम्पन्न गरेको हो ।

चण्डीदल गण्का अनुसार शिविरबाट २१६ जना महिला र ८८ जना पुरुषले सेवा लिएका छन् । जसमध्य २३ जना भूतपूर्व सैनिक, १२ जना बहालवाला सैनिक, २६८ जना सर्वसाधारण तथा सैनिकका आफन्तजन र एक जना प्रहरी रहेका छन् । शिविरबाट स्त्री रोग जाँच तथा उपचार, परामर्श सेवा, स्वास्थ्य परिक्षण तथा औषधि वितरण लगायतका सेवा प्रदान गरिएको थियो ।

गाउँमै शिविर मार्फत निःशुल्क सेवा पाउँदा यहाँ सर्वसाधारणहरु खुसी भएका छन् । श्री नं. १९ बाहिनी गुल्मका डा.मिलन भण्डारीको नेतृत्वमा रहेको मेडिकल टोली शिविरमा परिचालन भएको थियो । शिविरमा डा. भण्डारी, डा. दिपक पुन लगायतको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो । चण्डीदल गणका गणपति बिनिश श्रेष्ठको मुख्य उपस्थितिमा सम्पन्न शिविरमा, सेनानी प्रमोद थापा लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार