प्रजिअ दिनेश प्रसाद थानीको राष्ट्रभक्ति गीत सार्वजनिक (भिडियोसहित)

प्रजिअ दिनेश प्रसाद थानीको राष्ट्रभक्ति गीत सार्वजनिक (भिडियोसहित)

मुसिकोट ।  रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीको स्वर, संंगीत र अभिनय रहेको राष्ट्रभक्ति भिडियो गीत सार्वजनिक भएको छ ।

‘सयौथरी फूलहरुको’ बोलको गीत बिहीबार दिनेश थानी युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

सुनिता पराजुलीको शब्दमा तयार गरिएको यो गीत राष्ट्रभावबाट प्रेरित रहेको छ । गीतमा नेपाल र नेपालीप्रति समानता, माटोको माया, नेपालीपनको एकता उजागर गर्ने सन्देश प्रवाह गरिएको छ । यसका साथै सबै नेपाली बराबरी रहेको, कोही सानो ठुलो नरहेको, भाषा र धर्म फरक भएतापनि सबै नेपाली नै रहेको भाव प्रकट गरिएको छ ।

यो गीतको भिडियो रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसीकोट आसपासका सुन्दर क्षेत्रहरुमा छायांकन गरिएको छ । घनश्याम खड्काले छायाङ्कन गरेको यस भिडियोमा प्रजिअ थानीको मुख्य अभिनय रहेको छ भने जनदिश चन्द्र हमाल र नेवबहादुर रानाको समेत अभिनय रहेको छ । हमाल सशस्त्र प्रहरी नायब उपरिक्षक हुनुहुन्छ भने राना प्रमुख अनुसन्धान अधिकृत हुनुहुन्छ ।

सिभिल ईन्जिनियरबाट प्रशासन क्षेत्रमा प्रवेश गर्नुभएका सर्जक तथा प्रशासक थानीका यसअघि ‘नजर नजरमै’, ‘साँझ पख’ लगायतका गीतहरु सार्वजनिक भएका छन् ।

भिडियो 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार