काठमाडौँ । सरकारले फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि ४ अर्ब ९६ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ।
अर्थ मन्त्रालयले पहिलो चरणमा करिब ५ अर्ब बजेट स्वीकृत गरेको अर्थ मन्त्रालयका प्रवक्ता टकंप्रसाद पाण्डेयले बताएका छन्।
निर्वाचन आयोगले करिब ७ अर्ब ५० करोड माग गरेकोमा अहिलेको खर्च फुकाउन ४ अर्ब ९६ करोड स्वीकृत गरेको तथा आवश्यकता अनुसार बजेट माग भएमा थप निकासा गर्ने उनले जानकारी दिए।
निर्वाचन व्यवस्थापनका लागि आवश्यक स्रोत सुनिश्चित गरिएको उनले जानकारी दिए। ता गरिएको हो । २०७९ सालमा भएको निर्वाचनमा कोभिडले गर्दा ९४ प्रकारका सामग्री खरिद गरिए पनि यति बेला निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीको सूची घटाएर ७९ मा झारेको छ। १४ प्रकारका सामग्री मात्र खुला प्रतिस्पर्धाबाट खरिद गरिने आयोगले जानकारी दिएको छ।
मतपेटिका र मतपत्र छपाइका लागि चाहिने कागज लगायतका बाँकी ६५ प्रकारका सामाग्री आयोगसँगै स्टकमा रहेको र केही स्थानीय तहबाटै खरिद गर्ने तयारी छ।

