२ लाख ५७ हजारभन्दा बढी नयाँ मतदाता थपिए

२ लाख ५७ हजारभन्दा बढी नयाँ मतदाता थपिए

काठमाडौं । निर्वाचन आयोगका अनुसार बिहीबारसम्म २ लाख ५७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

९ असोजदेखि २७ कात्तिकसम्मको अवधिमा २ लाख ५७ हजार ५०५ जना नयाँ मतदाता थपिएका हुन् ।

जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले मतदाता नामावली ऐन, २०७३ सोशोधन गरी ९ असोजदेखि मतदाता नामावली दर्ता आह्वान गरेको थियो ।

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा मतदान गर्न योग्य धरै जेनजीहरू बञ्चित हुने भएपछि सरकारले अध्यादेशमार्फत मतदाता नामावली संकलनको बाटो खुला गरेको थियो

मतदाता नामावली ऐन अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाउने कानुनी व्यवस्था छ  ।

सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताका लागि समय तोकेको थियो । तर, नागरिकको उत्साहजनक सहभागिता रहेको भन्दै आजै मात्र सरकारले मतदाता नामावली दर्ता संकलन मिति ५ दिन थप गरेर ५ मंसिरसम्म लम्ब्याएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार