रुकुम पश्चिममा अन्तरक्रिया कार्यक्रमसहित ११औँ उद्योग दिवस मनाइयो

रुकुम पश्चिममा अन्तरक्रिया कार्यक्रमसहित ११औँ उद्योग दिवस मनाइयो

मुसिकोट । ११ औँ उद्योग दिवस आज रुकुम पश्चिममा अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ ।

‘‘औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार’’ भने मूल नाराका साथ जिल्लाका विभिन्न स्थानमा उद्योग तथा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम गरी ११ औँ उद्योग दिवस मनाएको हो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा उद्योग व्यवसायीहरूले उद्योग सञ्चालन गर्दा आफूहरूले भोग्नुपरेका समस्या, आवश्यकता, कार्यालयको तर्फबाट हुने सहयोगको अपेक्षा लगायतका विषयमा भनाई राखेका थिए ।

कार्यक्रममा सहभागीहरूले कार्यालयले प्रत्येक वर्ष सञ्चालन गर्ने सिपमूलक तालिमबाट ठोस उपलब्धि नदेखिएको गुनासो समेत राखेका थिए । आगामी दिनमा तालिमहरू प्रभावकारी, उपलब्धिमूलक र छोटो अवधिका मात्र नभई दीर्घकालीन बनाउनुपर्ने सुझावहरू समेत राखेका थिए ।

त्यस्तै अन्तरक्रिया कार्यक्रममा कार्यालयका प्रमुख प्रेमप्रकाश केसीले चालु आर्थिक वर्षमा कार्यालयले सम्पन्न गरेका प्रमुख गतिविधि, उद्योग तथा वाणिज्यसँग सम्बन्धित कानुनी व्यवस्था, उद्योग नवीकरण प्रक्रिया लगायतका विषयमा जानकारी गराउनु भएको थियो । उहाँले कार्यालयलाई सेवा प्रवाह अझ प्रभावकारी, पारदर्शी र उद्योगी–उपभोक्तामैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुुभयो ।

जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख देवबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्का, जिल्ला समन्वय अधिकारी मेघराज सोनी, जिल्लास्थित उद्योग व्यवसायी, बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार