काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भागेका थुनुवा नेपालगन्जको होटलमा मृत भेटिएका छन्। भदौ २४ गते दाङको तुलसीपुर कारागारबाट भागेका रुकुम पश्चिमको मुसिकोट घर भई दाङ हेमन्तपुर बस्ने ३५ वर्षका देवराज देवकोटा नेपालगन्जको होटलमा मृत फेला परेका हुन्।
लागुऔषध मुद्दामा पुर्पक्षमा कारागार रहेका देवकोटा जेनजी आन्दोलनका क्रममा भागेका थिए। नेपालगन्जको पुष्पलालचोकस्थित रुकुमेली सिस्ने होटल एण्ड लजको १०३ नम्बर कोठामा देवकोटा मृत फेला परेका हुन्।
मंसिर १० गते होटलमा आएका उनी भोलीपल्ट अबेरसम्म नउठेपछि होटल सञ्चालकले हेर्दा अर्धचेतजस्तो देखिएपछि प्रहरीलाई खबर गरिएको थियो।
उनलाई नेपालगन्ज मेडिकल कलेजमा लगिएको थियो। मृत घोषणा भएपछि आज पोष्टमार्टमका लागि भेरी अस्पतालमा लगिएको छ।

