कर्णालीमा अनेरास्ववियुको मेची–महाकाली जागरण अभियान

कर्णालीमा अनेरास्ववियुको मेची–महाकाली जागरण अभियान

काठमाडौ । अनेरास्ववियुले कर्णाली प्रदेशमा पनि मेची–महाकाली जागरण अभियानको थालनी गरेको छ। कर्णाली प्रदेश कमिटीले सुर्खेत क्याम्पसमा आयोजित एक विशेष कार्यक्रममा अभियानको औपचारिक शुरुआत गरिएको हो।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी, महासचिव अञ्जना सिवाकोटी, प्रदेश इन्चार्ज तथा सचिव आकाश घर्तीलगायतका नेताहरूले संयुक्त रूपमा अभियान उद्घाटन गरे।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव आकाश घर्तीले ‘जेनजी आन्दोलन’ पछि देशभर सिर्जना भएको राजनीतिक तथा सामाजिक परिस्थितिबारे विद्यार्थीहरूलाई जानकारी दिन अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार, कर्णालीका सबै क्याम्पस र कलेजहरूमा चरणबद्ध रूपमा यो अभियान विस्तार गरिनेछ।

यसअघि अनेरास्ववियुले कोशी प्रदेशमा पनि जागरण अभियान सुरु गरिसकेको छ, र अब संगठनले देशव्यापी रूपमा कार्यक्रमलाई विस्तार गर्दै अघि बढाइरहेको बताइएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार