मुसिकाेट । रुकुम (पश्चिम) को मुसिकोट नगरपालिका–११ स्थित भलाक्चा स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको उक्त कार्यशाला मंगलबार सम्पन्न भएको हो।
कार्यशालामा गत ६ महिनाको प्रगति समीक्षा गर्दै ८१ प्रतिशत नतिजा हासिल भएको जानकारी गराइएको छ। अघिल्लो ६ महिनाको ८० प्रतिशत प्रगतिबाट १ प्रतिशत वृद्धि भएको र आगामी ६ महिनामा कम्तिमा ८५ प्रतिशत प्रगति गर्ने लक्ष्यसहित कार्ययोजना तयार गरिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाका सिनियर अनमी अधिकृत कमला के.सी.ले बताउनुभयो ।
वडा अध्यक्ष गोविन्द बहादुर बुढाको अध्यक्षतामा सम्पन्न गोष्ठीमा नगरपालिका स्वास्थ्य शाखाका सिनियर अनमी अधिकृत कमला के.सी., जनस्वास्थ्य निरीक्षक नबिना बुढाथोकी, वडा सदस्य, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

