उम्मेदवार सिफारिसमा विवेकपूर्ण निर्णय होस् : हरिचन्द्र खनाल

उम्मेदवार सिफारिसमा विवेकपूर्ण निर्णय होस् : हरिचन्द्र खनाल

Oplus_16908288

काठमाडौं । आगामि फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गर्न नेपाली कांग्रेस रुकुम पश्चिमकाे आज महत्वपूर्ण बैठक बस्दैछ।

पार्टीको यही बैठकलाई लक्षित गर्दै नेपाली कांग्रेस निकट नेपाल तरुण दलका केन्द्रीय सदस्य हरिचन्द्र खनालले महत्वपूर्ण सुझाव सार्वजनिक गरेका छन्।

खनालका अनुसार रुकुम कांग्रेसले आफ्नो लामो राजनीतिक इतिहासमा असंख्य उतार–चढाव, संघर्ष र कष्टपूर्ण परिस्थितिको सामना गर्दै यो अवस्था सम्म आइपुगेको छ ।

विगतको सशस्त्र द्वन्द्वले पारेका प्रभाव, विस्थापित, बेपत्ता तथा घाइते परिवारको वेदना र दु:खले पार्टीभित्र अझै निशान नहटेको उनले स्मरण गराए।

“रगतका खाटा पखाल्दै, वियोगका आँसु पुछ्दै शक्ति सञ्चय गर्दै आएको रुकुम कांग्रेस आज Gen-Z पुस्ताको भावना, परिवर्तनको चाहना र पार्टीको लोकतान्त्रिक चरित्रलाई आत्मसात् गर्दै विवेकपूर्ण र बुलन्द निर्णय गर्न सकोस्,” खनालले बताए ।

Gen-Z पुस्ता द्वन्द्वको वास्तविकताबाट अनभिज्ञ रहेको भन्दै उनले कांग्रेसले नयाँ पुस्ताको विश्वास जित्ने खालका सकारात्मक निर्णयहरू लिनुपर्ने समेत सुझाव दिए।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार