काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद् विस्तार गरिएको छ । थपिएका चार नयाँ मन्त्रीले शुक्रबार (मंसिर २६) राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नयाँ मन्त्रीमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङनाम छन् । राष्ट्रपति कार्यालयका अनुसार, नवनियुक्त चार मन्त्रीमध्ये श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंलाई वन तथा वातावरण, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र इङनामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नयाँ मन्त्री नियुक्त गरेका हुन् । ‘जेनजी’ आन्दोलनको बलमा वर्तमान सरकार गठन भएको हो ।

