कांग्रेस रुकुम पश्चिमले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवार टुंगो लगायो

कांग्रेस रुकुम पश्चिमले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवार टुंगो लगायो

मुसिकाेट । नेपाली कांग्रेस रुकुम पश्चिमले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन तथा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार टुंगो लगाएको छ।

प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ प्रेम प्रकाश ओली र गोपाल जी जंग शाहको नाम सिफारिस गरिएको छ। त्यसैगरी समानुपातिकतर्फ मानबहादुर नेपाली र मनिषा भण्डारीको नाम सिफारिस गरिएको जिल्ला सभापति प्रेम प्रकाश ओलीले जानकारी दिनुभयो ।

यस्तै, राष्ट्रिय सभा सदस्यका लागि वीरबहादुर ओलीको नाम सिफारिस गर्ने निर्णय गरिएको छ। उम्मेदवार छनोटका लागि कांग्रेसले गत बुधबारदेखि बैठक प्रारम्भ गरी विभिन्न चरणमा छलफल गरेको बताइएको छ।

प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ सिफारिस हुनुभएका प्रेम प्रकाश ओली सहिद हरिभक्त ओलीका छोरा हुनुहुन्छ। उहाँले दुई कार्यकालसम्म जिल्ला सभापतिको जिम्मेवारी सफलतापूर्वक सम्हालिसक्नुभएको छ। अर्का सिफारिस उम्मेदवार गोपाल जी जंग शाह पूर्व राज्यमन्त्रीसमेत रहनुभएका सम्मानित नेताका रूपमा चिनिनुहुन्छ।

समानुपातिकतर्फ सिफारिस हुनुभएका मानबहादुर नेपाली राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ। त्यस्तै, महिला नेत्री मनिषा भण्डारी महिला संघ रुकुम पश्चिमकी अध्यक्ष हुनुहुन्छ। उहाँ अधिवक्ता समेत हुनुहुन्छ।

राष्ट्रिय सभा सदस्यका लागि सिफारिस हुनुभएका वीरबहादुर ओली पार्टीका पूर्व जिल्ला उपसभापति तथा पूर्व महाधिवेशन प्रतिनिधि रहनुभएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार