चौरजहारीमा जनता ग्यारेज एन्ड अटोपार्ट्स सन्चालन

चौरजहारीमा जनता ग्यारेज एन्ड अटोपार्ट्स सन्चालन

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा सोमबार जनता ग्यारेज एन्ड अटोपार्ट्स सन्चालनमा आएको छ।

पश्चिम् रुकुम, जाजरकोट, सल्यान लगाएतका जिल्लाबाट चौरजहारी भित्रीने तथा बाहिरीने सवारी साधहरुको सर्बसुलब रुपमा मर्मत, सर्भिसिङग तथा वासीङग गर्ने उदेश्यले सन्चालन गरिएको हो।

नगरपालिकाको वडानम्बर २ यातायता सेवा कार्यालय नजिकै सुरुगरिएको जनता ग्यारेज एन्ड अटोपार्टसको चौरजहारी नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष वीर बहादुर राणाले उद्घाटन गर्नु भएको थियो ।

जनता ग्यारेज तथा अटोपार्टसमा दक्ष तथा तालिम प्राप्त मेकानिकल द्वारा सबै प्रकारका स्कुटी, मोटरसाइकल, अटो, कार वासिङग एबम पार्टसहरु उपलब्ध रहेको सन्चालक तथा प्रोप्राइटर गोपाल गौतम ( लब्लीले )जानकारी दिनुभयो।

उहाँका अनुसार सेवाग्राहीहरुको मागलाइ ध्यानमा राखेर चौबीसै घन्टा इन डोर तथा आउटडोर सेवा सन्चालन गरिने   छ

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार