वन पैदावारमा आधारित उत्पादनहरुको प्रवर्द्धनमा वनकर्मीहरुको भुमिका

वन पैदावारमा आधारित उत्पादनहरुको प्रवर्द्धनमा वनकर्मीहरुको भुमिका

वन क्षेत्रमा कार्यरत वनकर्मीहरू नेपालको वन क्षेत्रबाट उत्पादित वस्तुहरुको उत्पादनलाइ प्रवर्द्धन गर्ने तथा वनपैदावारमा आधारित उद्योगहरुलाइ प्रवर्द्धन गर्ने र ब्रान्डीङ गर्ने कार्यमा सबैभन्दा बढी प्रभावशाली संवाहक बन्न सक्ने प्रचुर अवसर तथा संभावना रहेको छ । वनको संरक्षण मात्र होइन, वनमा आधारित उद्यमशीलताको विकास गरेर “नेपाली उत्पादन” लाई बजारसम्म पुर्‍याउन र वन पैदावारमा आधारित स्थानीय तथा राष्ट्रिय स्तरका  उद्यम तथा उद्यमीहरु र यस्तो उद्योगबाट उत्पादन हुने वस्तु तथा उमीहरुलाइ दिगो रुपमा प्रवर्द्धन गर्दै यसको महत्व तथा औचित्यलाइ अन्तराष्ट्रिय रुपमै विस्तार गर्न हामी तमाम वनकर्मीहरुको  भूमिका अपरिहार्य रहेको छ । वन क्षेत्रका हरेक कार्यालयमा प्रयोग हुने  विभिन्न फर्निचरका सामाग्री तथा पोसाकहरुमा समेत नेपाली वन पैदावारबाट उत्पादित वस्तुहरुलाइ प्रवर्द्धन गर्न सकेमा मात्र वन क्षेत्रबाट उत्पादित वस्तुबाट स्थानीय स्तर हुनै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा यसको महत्व झल्किने प्रचुर संमभावना रहेको छ । नेपालको वन पैदावारबाट उत्पादित वस्तु तथा सेवालाइ आत्मसाथ गर्ने हो भने मात्रै पनी नेपालबाट कार्यालय संचालनको लागी चाहिने अनेक सामाग्री खरिदको लाखौ रकम नेपालै सदुपयोग हुने र यसले कयौ नेपाली उद्यमीहरुलाइ प्रवर्द्धन गर्नुको साथै कयौ व्क्तीहरुलाइ रोजगारिका अवसरहरु सृजना समेत गर्न सक्दछ ।

कार्यालयमा रहेका विभिन्न प्रकारका सुविधा सम्पन्न र स्मार्ट र अती मुल्यबान फर्निचरले वन कर्मीहरुको झल्काउने कार्यमा कुनै सत्यता नरहेको हामी सबैलाइ सर्वविभिधै छ र यसलाइ सामान्ययीकरण गर्न सक्ने हो भने यसले नेपालको उत्पादनलाइ नै प्रवर्द्धन गर्ने छ ।

नेपालका वनकर्मीहरूले नेपालको वन क्षेत्रबाट उत्पादित वस्तुहरुलाइ निम्न कार्यमार्फत स्वदेशी उत्पादन बढाउन सकिनेछ ।

१. वनमा आधारित उद्यमशीलता (Forest-based Enterprises)

  • हस्तकला प्रवर्द्धन: बाँस, बेत, र अल्लो जस्ता कच्चा पदार्थबाट निर्मित सामग्रीहरूलाई आधुनिक बजारको मागअनुसार परिमार्जन गर्न सिकाउने र हरेक कार्यालयहरुमा यसको प्रयोगलाइ प्रवर्द्धन गर्ने ।

२. स्वदेशी उत्पादनको प्रयोगमा प्राथमिकता

वनकर्मीहरू आफैंले स्वदेशी उत्पादन प्रयोग गरेर एउटा उदाहरण पेश गर्न सक्छन्:

  • कार्यालयका सामग्री (कुर्सी टेवल दराज लगायतका फर्निचर लगायत कागजहरुमा काठ वेद बाँस निगालो लगायत नेपाली कागज (लोक्ता) को प्रयोग गर्ने ।
  • उपहार वा मायाको चिनो प्रदान गर्दा स्थानीय हस्तकला वा जडीबुटीजन्य उत्पादन दिने परम्परा बसाल्ने।
  • पोशाकमा सम्भव भएसम्म स्वदेशी कपडा (जस्तै अल्लो वा सुती) लाई प्राथमिकता दिने ।

३. पर्या-पर्यटन र स्थानीय स्वाद

वन क्षेत्रमा गरिने पर्यटन गतिविधिमा बाह्य आयातित वस्तुभन्दा स्थानीय उत्पादनलाई जोड्ने

  • वनभोज स्थल वा होमस्टेहरूमा स्थानीय कोदो, फापर, र वनमा आधारित मौसमी फलफूलको प्रवर्द्धन गर्ने ।
  • पर्यटकहरूलाई “स्मारिका” का रूपमा स्थानीय उत्पादन नै किन्न प्रोत्सा हित गर्ने।

४. नीतिगत सहजीकरण र बजारीकरण

धेरै नेपाली उत्पादनहरू कानुनी झन्झट वा बजारको अभावले थन्किएका छन् । यसमा वनकर्मीहरूको योगदान महत्त्वपूर्ण हुन्छ:

  • सरल निकासी: वन पैदावारको संकलन,ओसारपसार र बिक्री वितरणमा हुने प्रशासनिक ढिलासुस्तीलाई कम गरी कृषक र उद्यमीलाई प्रोत्साहन गर्ने  ।
  • ब्रान्डिङ: स्थानीय उत्पादनलाई “वनको उपहार” वा “हिमाली ब्रान्ड” का रूपमा बजारीकरण गर्न सामुदायिक वन समूहहरूलाई मार्गदर्शन गर्ने र नेपाली उत्पादनलाइ गुणस्तरिय बनाउनको लागी आवश्यक प्रविधिको विस्तार तथा वन उद्यमीहरुलाइ आवश्यक तालिम प्रदान गर्ने ।

अन्त्यमा

नेपालका कयौ वनकर्मीहरू केवल वन क्षेको संरक्षक मात्र होइनन्, हामी ग्रामीण अर्थतन्त्रका इन्जिनियर पनि हौ । जब हामी कयौ  वनकर्मीले स्थानीय उत्पादनको वकालत गर्ने सामर्थ्य राख्दछौ, यसले प्रत्यक्ष रूपमा गरिबी निवारण स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा सुधार र आत्मनिर्भर नेपाल” को लक्ष्यलाई सघाउ पुर्‍याउन अहम भुमिका पुर्याउन सकन् देखिन्छ । हाम्रो वन, हाम्रो उत्पादन, र हाम्रो गौरवलाई बचाउन आजैदेखि स्वदेशी वस्तु रोजौं । नेपाली वन पैदावारमा आधारित वस्तु तथा वन पैदावारमा आधारित उमहरुलाइ प्रवर्द्धन गरौ ।

लेखक बुढाथोकी कर्णाली प्रदेश वन निर्देशनालय, सुर्खेतमा रेञ्जर पदमा कार्यरत हुनुहुन्छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार