मुसिकोट । नेपाली कम्युनिष्ट पार्टी जिल्ला समिति रुकुम पश्चिमले आगामी प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।
आज मुसिकोट नगरपालिका–५ सेरीगाउँस्थित जिल्ला पार्टी कार्यालयमा सम्पन्न बैठकले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ गोपाल शर्मा ‘अनल’लाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको छ।
बैठकमा सहभागी पार्टीका युवा नेता एवम् कर्णाली प्रदेश समिति सदस्य सुन्दर शर्माका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ गोपाल शर्मा अनललाई सर्वसम्मत रूपमा सिफारिस गरिएको हो।
त्यसैगरी समानुपातिकतर्फ झक्कु प्रसाद घर्ती (जनजाति), सुरज परियार (दलित), गीता नेपाली (दलित महिला) र झरणा चन्द (खस आर्य)लाई उम्मेदवार सिफारिस गर्ने निर्णय गरिएको छ।
यस्तै बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि बुद्धि प्रसाद शर्मालाई उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको छ।

