मुसिकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी रुकुम पश्चिमको अध्यक्षमा खम्बु खत्री चयन हुनु भएको छ ।
आइतबार मुसिकोटमा भएको सातौं जिल्ला अधिवेशनबाट खत्रीकोको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन भएको राप्रपाका नेता निर्जल केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अधिवेशनबाट उपाध्यक्षमा सुदिप जङ्ग शाह, अमृता बुढा खड्का, टेकबहादुर घर्ती मगर र सिर्जना केसी खड्का चयन हुनुभएको छ ।
त्यसैगरी सचिवमा सञ्जीव दाहाल, सह सचिवमा नर कुमारी शाही र कोषाध्यक्षमा टिका केसी चयन हुनुभएको छ ।
जिल्ला कार्यसमितीको सदस्यहरुमा सौरेन्द्र बहादुर शाह, दीपक कुमार मल्ल, बिनोद कुमार शाह, गोपाल खड्का, लाल बहादुर खड्का, रमेश विक, लीलबिर विसी, धन बहादुर विक, शंकर बिष्ट, गोपाल शर्मा, सुमन भण्डारी, सुजनी मल्ल र मोहन पुन चयन हुनुभएको छ ।
पार्टीका जिल्ला अध्यक्ष बिनोद कुमार शाहको अध्यक्षतामा भएको अधिवेशनमा राप्रपा कर्णाली प्रदेश अध्यक्ष दिप बहादुर शाहीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य दिपक मल्ल र डाक्टर राजेश गिरीको विशेष आथित्यता रहेको थियो ।

