मन्त्री बुढाद्वारा स्थानीयसँग भेटघाट तथा अन्तरक्रिया

मन्त्री बुढाद्वारा स्थानीयसँग भेटघाट तथा अन्तरक्रिया

oplus_0

डोल्पा । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढाले रुकुम पश्चिम र डोल्पाका विभिन्न स्थानमा स्थानीय बासिन्दासँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ।

मन्त्री बुढाले शुक्रबार रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४ बगेना र त्रिपुरासुन्धरी नगरपालिका–१ डोल्पाका स्थानीयसँग प्रत्यक्ष संवाद गर्नुभएको जनाएको छ ।

उक्त अवसरमा नेपाली कांग्रेस मुड्केचुला गाउँपालिका, डोल्पाका कार्यवाहक सभापति जनबहादुर सिंहसहितको प्रतिनिधि टोलीसँग त्रिवेणीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो।

अन्तरक्रियाका क्रममा स्थानीयवासीहरूले खानेपानी, जलस्रोत तथा सिँचाइसम्बन्धी योजनाहरूलाई प्राथमिकतामा राख्न मन्त्रीलाई सुझाव दिएका थिए। उनीहरूले एक पटक सुरु गरिएका विकास योजनाहरू अधुरा नछोडी पूर्णरूपमा सम्पन्न नहुन्जेलसम्म निरन्तरता दिन आग्रह गरेका थिए ।

भेटघाट कार्यक्रममा मन्त्री बुढाले स्थानीयको सक्रिय सहभागितालाई विकासको आधार मानेर योजनाहरूको दीगो कार्यान्वयन र प्रभावकारी सञ्चालनमा प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

यसैबीच, मन्त्री बुढा शनिबार डोल्पा जिल्लामा सञ्चालनमा रहेका विभिन्न विकास योजनाहरूको अनुगमन गर्नुका साथै स्थानीयवासीसँग भेटघाट, छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार