खड्काको सक्रियता : कांग्रेस कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाइँदै

खड्काको सक्रियता : कांग्रेस कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाइँदै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाउने तयारी गरेका छन् । बिहीबार     (पुस २४) अपराह्न ४ बजे बस्ने गरी बैठक आह्वानको तयारी गरिएको संस्थापन पक्षका एक नेताले जानकारी दिए ।

बैठकको सूचना सार्वजनिक नभइसकेको भन्दै ती नेताले केही समयपछि औपचारिक जानकारी गराइने उल्लेख गरे । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पनि बैठकबारे सल्लाह भइरहेको भन्दै आधा घण्टापछि आधिकारिक जानकारी गराइने बताए ।

विशेष महाधिवेशनले पार्टीलाई फुटसम्म पुर्‍याउने भन्दै त्यसबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको संस्थापन पक्षका नेताको भनाइ छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार