मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
दुई दिनमा सम्पन्न गर्ने गरी तय गरिएको उक्त कार्यक्रमअन्तर्गत पहिलो दिन नगरपालिका भित्रका वडा नं. १, २, ३, ४, ७, ८ र ९ का जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभएको हो।
उहाँका अनुसार बाँकी वडाका जेष्ठ नागरिकहरूलाई पुस २५ गते सम्बन्धित वडा कार्यालयहरूमा पुगेर सम्मान गरिने छ। उपलब्ध बजेटको परिधिभित्र रहेर यस वर्ष ७६ वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूलाई न्यानो कपडा प्रदान गर्दै सम्मान गरिएको जनाइएको छ।
आगामी आर्थिक वर्षदेखि जेष्ठ नागरिकभित्रकै बाँकी उमेर समूहलाई समेत समेट्ने गरी न्यानो कपडा वा अन्य सम्मानस्वरूप उपहार प्रदान गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।

