विजयश्वरी बोर्डिङका शिक्षकलाई एक दिने प्रेरणादायी तालिम

विजयश्वरी बोर्डिङका शिक्षकलाई एक दिने प्रेरणादायी तालिम

मुसिकोट। रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ मा रहेको विजयश्वरी सेकेन्डरी इङ्लिस मिडियम बोर्डिङ स्कुलमा एक दिने प्रेरणादायी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

स्कुलमा कार्यरत शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रशिक्षणमा प्रेरणादायी कक्षाका सहजीकरण प्रशिक्षक क्षेत्रप्रसाद ज्ञवालीले सहजीकरण गर्नुभएको थियो।

स्कुलका प्रिन्सिपल जयबहादुर थापाका अनुसार तालिममा विजयश्वरी एकेडेमी तथा विजयश्वरी सेकेन्डरी बोर्डिङ स्कुलमा कार्यरत ७५ जना शिक्षकहरूको सहभागिता रहेको थियो।

तालिममा संस्कार, कक्षाकोठा व्यवस्थापन, शिक्षण पेशाप्रतिको समर्पणलगायत विषयमा उत्प्रेरक प्रशिक्षण प्रदान गरिएको उहाँले जानकारी दिनुभयो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार