मुसिकोट । नेपाली कांग्रेस सानीभेरी गाउँपालिका, रुकुम पश्चिमले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रचार–प्रसार अभियान तीव्र पारेको छ।
नेपाली कांग्रेस सानीभेरी गाउँ कार्यसमितिले विभिन्न समिति गठन गरी वडास्तरमा मतदाता केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको छ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ राजु केसी र समानुपातिकतर्फ मानबहादुर नेपालीलाई विजयी गराउने उद्देश्यका साथ भेला, भेटघाट तथा मतदाता संवाद कार्यक्रम गर्दै आएको नेपाल विद्यार्थी संघ रुकुम पश्चिमका जिल्ला अध्यक्ष हेमराज केसीले जानकारी दिनुभयो ।
गाउँ कार्यसमितिले पार्टीका जिल्ला सदस्य एवं प्रवक्ता लालबहादुर ओलीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरी चुनावी अभियानलाई थप सक्रिय बनाएको छ। सोही क्रममा समितिले आज सानीभेरी गाउँपालिका वडा नम्बर ५ र ६ मा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
भोलि अन्य वडाहरूमा पनि मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिने नेविसंघका जिल्ला अध्यक्ष केसीले जानकारी दिनुभएको छ।

