मुसिकाेट । रुकुम पश्चिममा नेपाली कांग्रेसका उम्मेदवार राजु केसीले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाउनु भएको छ। घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उहाँले स्थानीयवासीका समस्या, गुनासा र सुझावहरू सुन्नु भएको छ।
भेटघाटका क्रममा उम्मेदवार केसीले शिक्षा, स्वास्थ्य, रोजगारी तथा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। जनताको भरोसा र सक्रिय समर्थनबाट मात्रै क्षेत्रको समग्र विकास सम्भव हुने उहाँको भनाइ छ।
सोमबार जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४, ५, ८ र ९ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ। बाँकी वडाहरूमा पनि कार्यक्रमलाई निरन्तरता दिइने जिल्ला सचिव प्रमेश्वर भण्डारीले जानकारी दिनुभयो।
यस्तै, जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर १ बाट घरदैलो अभियान सुरु भएको छ। मंगलबार बाँफिकोट गाउँपालिका १,२ र ३ नम्बर वडामा मतदाता भेटघाट तथा घरदैलो अभियान भएको जनाईएकाे छ ।
रुकुम पश्चिममा कांग्रेस उम्मेदवार राजु केसीको घरदैलो अभियान तीव्र

oplus_0

