घरदैलोसँगै मतदाता शिक्षा दिदै रुकुम कांग्रेस

घरदैलोसँगै मतदाता शिक्षा दिदै रुकुम कांग्रेस

आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनको लागि घरदैलो अभियान सञ्चालन गरिरहेको नेपाली कांग्रेस रुकुम पश्चिमको चुनावी अभियान टोलीले मतदाता शिक्षालाई समेत जोड दिईरहेको छ ।

कांग्रेसका उम्मेदवार राजु केसीको साथमा रहेका कार्यकर्ताहरुले सर्वसाधारणलाई मतदाता शिक्षा दिईरहेका हुन् ।

बाँफिकोट र त्रिवेणी गाउँपालिकाका बस्तीस्तरसम्म मतदाता शिक्षालाई पनि जोड दिईरहेको नेपाली कांग्रेसका उपसभापति हर्कसीं खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार मत खेर नजान र आफूले चाहेको चिन्हमा सहि तरिकाले मतदान गर्न कार्यकर्ताहरुलाई सिकाउने क्रम जारी रहेको छ ।

नमूना मतपत्रमा मत हाल्ने सहि तरिका सिकाउने गरिएको उहाँले जनाउनुभयो ।

उम्मेदवार केसीले मत बदर तथा रद्ध हुने दर घटाउन, आफूले चाहेको उम्मेदवारलाई आफैले मत खसाल्न पाउने अवस्था सिर्जना गर्न मतदाता शिक्षा जरुरी रहेकोले भेटघाट तथा अन्तरक्रियाको क्रममा मतदाता शिक्षा पनि सञ्चालन गरिएको बताउनुभयो ।

विकास, समृद्धि र सुशासनको एजेण्डासहित घरदैलो तथा जनभेटघाट गरिरहेको कांग्रेसले बाँफिकोटका ९ वटा वडा र त्रिवेणी गाउँपालिकाका ४ वटा वडामा कार्यक्रम सम्पन्न गरेर सानीभेरी गाउँपालिकामा केन्द्रित भएको बताईएको छ ।

घरदैलो तथा प्रचार प्रसार अभियानका क्रममा जनताको उत्साह बढीरहेको नेपाली कांग्रेस रुकुम पश्चिमले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार