जिल्ला जान थाल्यो मतपेटिका (तस्बिरहरू)

जिल्ला जान थाल्यो मतपेटिका (तस्बिरहरू)

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि जिल्ला जिल्लामा मतपेटिका पठाउन थालेको छ।

काठमाडौं उपत्यकाबाट विभिन्न मतदान केन्द्रतर्फ मतपेटिका पठाउन थालेको हो।

निर्वाचन आयोगको कार्यालय बहादुर भवनबाट शनिवार करिब ९५० ब्यालेट बक्स र चुनाव सामग्री उपत्यकाका विभिन्न निर्वाचन कार्यालयमा लगिएको निर्वाचन आयोगले जनाएको छ।

उम्मेदवारी दर्तासँग दलहरू पनि चुनावमा होमिसकेका छन्। आयोगले पनि तोकिएकै समयमा निर्वाचन गर्नको लागि तयारी तीव्र ढङ्गले अगाडि बढाएको छ।

      

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार