मुसिकोटका तीन वडामा कांग्रेसको घरदैलो अभियान र बैठक सम्पन्न

मुसिकोटका तीन वडामा कांग्रेसको घरदैलो अभियान र बैठक सम्पन्न

मुसिकोट। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस रुकुम पश्चिमले सञ्चालन गरिरहेको घरदैलो अभियानलाई निरन्तरता दिएको छ।

सोही अभियानअन्तर्गत नेपाली कांग्रेस मुसिकोट नगर कार्यसमितिले नगर क्षेत्रका विभिन्न वडामा बैठक, भेला तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाएको छ।

यसैक्रममा आज मुसिकोट नगरपालिकाका वडा नम्बर ७, १३ र १४ मा वडा स्तरीय बैठक तथा जनभेटघाट कार्यक्रम सम्पन्न भएका छन्। कार्यक्रममार्फत स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै कांग्रेसले आफ्ना निर्वाचन अभियानका गतिविधि अगाडि बढाएको नेपाली कांग्रेस मुसिकोट नगर सभापति प्रेमबहादुर ओलीले जानकारी दिनुभयो।

उहाँका अनुसार वडा कमिटीको बैठक तथा भेलाबाट वडा निर्वाचन परिचालन समिति गठन गर्ने, प्रत्येक टोलमा टोल समिति गठन गर्ने, नेपाली कांग्रेसका विभिन्न भ्रातृ संगठनहरूलाई निर्वाचनमा सक्रिय रूपमा परिचालन गर्ने, जिल्ला बाहिर रहेका मतदाताको नामावली सम्पर्क नम्बर सहित संकलन गरी नगर कार्यसमितिलाई उपलब्ध गराउने लगायतका निर्णयहरू गरिएको छ। साथै कांग्रेसका उम्मेदवारलाई विजय गराउने विषयमा विशेष छलफल गरिएको बताइएको छ।

नगर सभापति ओलीले बाँकी रहेका वडाहरूमा पनि चरणबद्ध रूपमा घरदैलो अभियान, मतदाता भेटघाट तथा वडा स्तरीय बैठकहरू सम्पन्न गरिने जानकारी दिनुभयो।

यस्तै मुसिकोट–१४ मा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस रुकुम पश्चिमका जिल्ला कोषाध्यक्ष मोहविर खड्का, सहसचिव यज्ञविष्ट, मुसिकोट नगर कार्यसमितिका सभापति प्रेमबहादुर ओली, वडा नम्बर १४ का वडा अध्यक्ष गोवर्धन ओलीलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार