खोलागाउँमा राजु केसीसहित कांग्रेसको घरदैलो अभियान

खोलागाउँमा राजु केसीसहित कांग्रेसको घरदैलो अभियान

oplus_0

मुसिकाेट । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजु केसीले घरदैलो तथा जनभेटघाट कार्यक्रमलाई निरन्तरता दिनुभएको छ ।

बुधबार जिल्लाकाे चौरजहारी नगरपालिका–१३ र १४ बाट सुरु भएको घरदैलो अभियान तथा अन्तरक्रिया कार्यक्रम आज वडा नम्बर ११ खाेलागाउँकाे चौफाबजार र वडा नम्बर ७ नार्जि खत्रीगाउँमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेस चौरजहारी नगर सभापति प्रेम बहादुर ओलीका अनुसार यस अघि नगर कार्यसमितिले नगरका विभिन्न वडाहरुमा पहिलो चरणको घरदैलो कार्यक्रम सञ्चालन गरिएको  थियो । उम्मेदवार तथा नेताहरुको सहितको टोली नगरपालिकाका सबै वडाहरुमा पुगेर घरदैलो गर्ने कार्यक्रम रहेको ओलीले जनाउनुभयो ।

घरदैलो अभियान अन्तर्गत मतदातासँग भेटघाट गर्दै स्थानीय समस्याबारे छलफल भइरहेको छ। विशेषगरी खानेपानी र सिँचाइको अभाव, सडक र विद्युत् सेवा सम्बन्धी समस्याहरू मतदाताले उठाइरहेका छन्। टोलीले स्थानीयका गुनासा सुन्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।

कांग्रेसले चुनावी अभियानलाई मतदातासँग प्रत्यक्ष संवाद र स्थानीय मुद्दा संकलनमा केन्द्रित गरेको बताएको छ। घरदैलो अभियान निरन्तर सबै वडा तथा टाेलमा सञ्चालन हुने नगर सभापति ओलीले जानकारी दिनुभयो । उम्मेदवारसहितको टोलीलाई स्थानीय कार्यकर्ताहरुले बाजागाजासहित स्वागत गरेका थिए ।

अभियानमा प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु केसीसहित पूर्व राज्यमन्त्री गोपाल जी जंग शाह, महासमिति सदस्य तिलक भण्डारी, महाधिवेशन प्रतिनिधि खड्कबहादुर डाँगी, कर्णाली प्रदेश समितिका सदस्य बलबिर गोसाईं, क्षेत्रीय सभापति भद्रबहादुर बिष्ट, जिल्ला पार्टीका संगठन विभाग प्रमुख यदुकुमार आचार्य, नगर सभापति प्रेमबहादुर ओली तथा युवा नेता शिव आचार्यको उपस्थिति रहेको थियो।

यसैगरी नेपाल तरुण दलका जिल्ला अध्यक्ष लोकेन्द्र केसी, नेपाल महिला संघका जिल्ला सभापति मनिषा भण्डारी, महिला संघ महाधिवेशन प्रतिनिधि निर्मला गिरी, नेपाली कांग्रेस प्रदेश प्रतिनिधि दीपा डाँगी, वडा सभापतिहरू लगायत नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार