चौरजहारी नगरपालिका कार्यसम्पादन मूल्यांकनमा देशभरमै दोस्रो

उजेली न्यूज
प्रकाशित मिति :

चौरजहारी नगरपालिका कार्यसम्पादन मूल्यांकनमा देशभरमै दोस्रो

मुसिकाेट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा देशभरमै उत्कृष्ट भएको छ ।

देशभरका ७५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै प्रथम भएको हो भने चौरजहारी नगरपालिका दोश्रो सावित भएको हो ।

पाणिनि गाउँपालिकाले ८३.८४ अंक प्राप्त गरी कार्यसम्पादन मूल्यांकनमा पहिलो स्थान हासिल गरेको छ भने रुकुमश्चिमको चौरजहारी नगरपालिकाले ८२.१५ अंक ल्याएर दोस्रो स्थानमा छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार ८० अंक कटाउने देशभरि चार स्थानीय तह छन् ।

चौरजहारी नगरपालिकापछि गुल्मीको मालिका गाउँपालिकाले ८१.९८ प्रतिशत र धुर्कोट गाउँपालिकाले ८०.५२ प्रतिशत अंक ल्याएर उत्कृष्ट गाउँपालिकाको सूचीमा अगाडि छन् ।

आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको उल्लेख छ ।

यसैगरी आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको समेत मूल्यांकनको सूचक मानिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार